काठमाडौं । पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।
जितपछि पोखराका सहायक प्रशिक्षक राजेश शाही खुसी देखिए । उनले योजना सफल हुँदा जित निकालेको बताए ।
'हामीले योजना अनुसार खेल्यौ र जित सम्भव भयो । आज जित्ने भनेर खेलेका थियौं,' उनले भने ।
पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २-० ले पराजित भएको थियो ।
यस्तै सहायक प्रशिक्षक शाहीले टिमको लक्ष्य शीर्ष चार रहेको बताए ।
'पोखरा राम्रो टोलो हो भेनेर मैले भनी रहेको थिए । तर, देखिएको थिएन । आज जित्यो र त्यो प्रमाणित पनि भएको छ । अझै खेल बाँकी छ । हामी शीर्ष चार भित्र पर्ने गरेर खेल्ने छौँ,' उनले भने ।
विराटनगरका मुख्य प्रशिक्षक यान लले पोखराले दोस्रो हाफमा राम्रो खेलेको बताए ।
'पहिलो खेल जित्यौं र दोस्रो खेलमा हाम्रो मनोबल उच्च थियो । तर, दोस्रो खेलमा पोखराले राम्रो खेल्यो । अन्तिममा गोल गर्न पुग्यो,' उनले भने, 'हाम्रो खेलाडीको बडी ल्याङ्ग्वेज नै फरक थियो,' उनले भने, 'पहिलो हाफ राम्रो थियो तर दोस्रो हाफमा बिगार्यौं ।'