काठमाडौं । यूईएफए च्याम्पियनस लिग फुटबलमा आज प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले फ्रेन्च लिग वान क्लब पीएसजीसँग खेल्दैछ ।
सेमिफाइनलको पहिलो लेग सिटीले पीएसजीको घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समय अनसार राती १२ः४५ बजे सुरु हनेछ ।
पीएसजी आफ्नो घरेलु मैदानको फाइदा उँठाउँदै पहिलो लेगबाट नै अग्रता लिन चाहन्छ । यता पाहुना टोली सिटी उसैको घरेलु मैदानमा पीएसजीलाई पहिलो लेगमा पराजित गर्न चाहन्छ ।
तर, घरेलु मैदानमा पीएसजीलाई पराजित गर्न भने सिटीलाई त्यति सजिलो हुने छैन् । ब्राजिलियन स्टर स्ट्राइकर नेयमार र युवा स्ट्राइकर केलियन एमबाप्पे प्रेरित पीएसजीका लागि यि दुई खेलाडी मुख्य हतियार रहनेछन् ।
यता सिटीका लागि पनि प्ले मेकर केभिन डी ब्रुएन , स्टर्लिङ मुख्य खेलाडी रहनेछन् । सिटी र पीएसजीविरुद्धको खेलमा विश्वका उत्कृष्ट खेलाडीबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ ।
यसै साता काराबाओ कपको उपाधि जितेको सिटी पीएसजीविरुद्धको खेलमा पनि सोही लयलाई कायमै राख्न चाहन्छ ।