एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन माटियो डारमेनले निर्णायक गोल गरे ।
खेलको ७६ औं मिनेटमा उनले आच्रफ हाकिमीको पासमा गोल गरेका हुन् ।

यस जितसँगै इन्टर सिरी 'ए' को उपाधि नजिक पुगेको छ ।
इन्टरले सन् २०१० पछि सिरी 'ए' को उपाधि जित्न सकेको छैन ।
यस जितले इन्टरले दोस्रो स्थानको एटलान्टामाथि ११ अंकको अग्रता बनाएको छ ।
इन्टरले ३३ खेलमा ७९ अंक जोडेको छ ।
भेरोना ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
