एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द आबद्द पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलको दोस्रो लेगमा पर्सिब बानडुङ २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित जकार्ताले उपाधि चुमेको हो ।
यस अघि पहिलो लेगमा जकार्ताले २-० को जित निकालेको थियो ।
मानाहान रंगशालामा जकार्तालाई जित दिलाउन असभाल्डो अल्डिल्स हे र रिको मिानजुन्तकले एक एक गोल गरे ।
यस्तै पर्सिबका लागि फ्रेन्डिन्ड अल्फ्रेडले एक गोल फर्काए ।

रोहित प्रतियोगिता लागि त्रिदेशीय फुटबल लगत्तै इन्डोनेसिया गएका थिए ।
रोहितले नेपालबाट त्रिदेशीय फुटबलको उपाधि समेत जितेका थिए ।