एजेन्सी । म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।
वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।
सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे ।
उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

यससँगै सिटीले आठौं पटक काराबाओ कपको उपाधि जितेको छ ।
यस्तै सिटीले लगातार चौंथो सिजन उपाधि जितेको हो ।
सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी समेत गरेको छ ।

लिभरपुलले ८ पटक काराबाओ कपको उपाधि जितेको छ ।
टोटेनहमले ४ पटक काराबाओ कप जितेको छ ।


सेमिफाइनलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गरेर टोटेनहमसँगको भेट पक्का गरेको थियो ।
टोटेनहमले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले नै पराजित गरेको थियो ।
