एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लिड्स युनाईटेडसंग बराबरी खेलेको छ ।
आईतबार भएको खेलमा म्यान युनाईटेडले घरेलु टोली लिड्ससंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
पछिल्लो नतिजाले म्यान युनाईटेडले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसंग दुरी घटाउने अवसर गुमाएको छ ।
म्यान युनाइटेडले केही अवसरलाई खेल फाल्यो । पहिलो हाफमा मार्कुस रासफोर्ड फ्रिकिकमा गोल गर्न चुकेका थिए ।
लिड्सले समेत बराबरीको नतिजाबाट सन्तुष्ट लियो । उसले शीर्ष ६ क्लबलाई घरेलु मैदानमा रोक्न सफल बन्यो ।

म्यान्चेष्टर युनाईटेडको बराबरीको नतिजासंगै अर्को हप्ता सिटीले प्रिमियर लिग जित्ने सम्भावना देखिएको छ । अर्को हप्ता सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेर युनाईटेड घरेलु मैदानमा लिभरपुलसंग पराजित भएको खण्डमा प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले उचाल्नेछ ।
तालिकाको दोस्रो स्थानको युनाईटेडको ६७ अंक छ । सिटीले १० अंकको अग्रता कायम राखेको छ । लिड्स ४७ अंक सहित नवौं स्थानमा छ ।