काठमाडौं । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ ।
आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।
जितपछि विराटनगरका मुख्य प्रशिक्षक यान ल खुसी देखिए ।
'प्रतिद्वन्दी बलियो थियो । तर, खेलाडीले राम्रो खेले । समयमा गोल निस्कियो ।तीन गोल र तीन अंकले खुसी छु,' खेलपछि भारतीय प्रशिक्षक यानले भने, 'समय थिएन ।प्रतिद्वन्दीबारे थाहा थिएन । तर, खेलाडीले राम्रो खेले ।
यस्तै उनले कप्तान रंजित धिमालको चोट सामान्य रहेको बताए ।
धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राईले आफ्नो टिम फुटबलको सबै पक्षमा चुकेको बताए ।
'फुटबलको दुबै पक्षमा चुक्याै । गाेल गर्न नि सकेनाै । राेक्न नि सकेनाै,' उनले भने, 'अवसर सदुपयाेग हुन सकेन । प्राविधिक रूपमा राम्रै थियाै । त, फुटबलमा निकै कम अवसर प्राप्त हुन्छ ।विराटनगरले धेरै राम्राे खेल्याे । तीन सुन्यकाे हार निकै ठुलाे हार हाे ।'