एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाईटेडलाई १-० ले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले निर्णायक गोल गरे ।
खेलको ४३ औं मिनेटमा वेर्नेरले गोल गरेका हुन् । उनले बेन चिलवेलको पासमा गोल गरेका हुन् ।

यस्तै खेलको ४२ औं मिनेटमा फाबियानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै चेल्सीले ३३ खेलमा ५८ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
