एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा मेट्जलाई ३-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । माउरो इकार्डीले एक गोल थपे ।
मेट्जका फाबियन सेन्टोन्जेले एक गोल फर्काए ।

खेलको चौंथो मिनेटमा एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा फाबियनले गोल गर्दै घरेलु टोलीलाई १-१ को स्थितिमा ल्याए ।
खेलको ५९ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा इकार्डीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए ।
जितसँगै पीएसजीले ३४ खेलमा ७२ अंक जोडेको छ ।
मेट्ज ४३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।