बराबरीमा रोकियो लिभरपुल
शनिबार, ११ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा लिभरपुल न्युकासल युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले बराबरी खेल्नु परेको हो ।
खेलको तेस्रो मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा न्युकासलका जोसेप विललकले गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै लिभरपुलले ३३ खेलमा ५४ अंक जोडेको छ ।
लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ ।
न्युकासल ३६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

