काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम एफसी चितवनले प्रतियोगितामा लिनिङको जर्सी लगाउने भएको छ ।
चितवनले शनिबार किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको छ ।
आईएमई ग्रुपको स्वामित्वमा रहेको चितवनका अध्यक्ष सचिन ढकाल र लिनिङ प्रबन्धक कृतराज महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै चितवनले प्रतियोगितामा लिनिङ कम्पनिले बनाएको जर्सी प्रयोग गर्नेछ ।
यस्तै चितवनले पत्रकार सम्मेलनमार्फत हाेम एण्ड अवे खेलका लागि जर्सी समेत सार्वजनिक गरेको छ ।
राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्य रहेका छन् ।
लिगको आफ्नो पहिलो खेलमा चितवनले ललितपुर सिटीको सामना गर्नेछ ।