• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल सुपर लिग – कसले जित्ला उपाधि ?
खेलपाटी संवाददाता
शनिबार, वैशाख ११, २०७८ खेलपाटी संवाददाता
नेपाल सुपर लिग – कसले जित्ला उपाधि ?

काठमाडौं । पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आज (शनिबार) सुरु हुँदैछ । करिब तीन हप्ता चल्ने प्रतियोगितामा ७ शहरलाई फ्रेन्चाईज गरिएको छ ।

विराटनगर सिटी एफसी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले फ्रेन्चाईज फुटबल खेल्दैछन् ।

सहभागी टिमले अक्सनबाट १४ खेलाडी किने । टिमले ३ विदेशी र २ स्थानीय खेलाडी थप्न पाउनेछन् । प्रतियोगिताको दौरान खेलाडीमा कोरोना देखिए अन्य खेलाडी थप्न पाईने आयोजकले जनाएको छ । कोरोनाको दोस्रो लहरका कारण प्रतियोगिता दर्शक विहीन हुनेछ ।

प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मलेनमा सहभागी टिमका कप्तान र प्रशिक्षकले धारणा राखे । सबैले तयारीको समय अपुग भएको गुनासो गरे र उपाधिमा दाबेदारिता प्रस्तुत गरे ।

प्रतियोगिताको विजेताले ३५ लाख प्राप्त गर्दा दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै प्रतियोगिताको विधागततर्फ ६ उत्कृष्टले १ लाख प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता सुरु हुँदै गर्दा सहभागी टिम र खेलाडीको संयोजन हेर्दा कागजमा धनगढी एफसी र विराटनगर सिटीले फ्रेन्चाईजको उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गर्ने देखिन्छ ।

धनगढी सुवास शाहीको टिमको स्वामित्वको टिम हो । धनगढीको टिममा सबै पोजिसनमा राम्रा खेलाडी अनुबन्धित गरेको छ । दक्षिण एसियाली फुटबलका उत्कृष्ट गोलकिपर किरण चेम्जोङ कप्तानीको धनगडीको मिडफिल्ड र फरवार्ड लाईनमा राम्रा खेलाडी छन् ।

किरणले धनगढीको पोस्ट सम्हाल्दा राष्ट्रिय टिमका दिनेश राजवंशी र निशान खड्काले डिफेन्स लाईन सम्हाल्नेछन् । अफ्रिकन खेलाडी टेम्पेको उपस्थितीले धनगढीको डिफेन्स लाईन अझ बलियो देखिएको छ । उनी घरेलु लिगको पछिल्ला सिजनमा सबैभन्दा प्रभावशाली खेलाडी बनेका थिए ।

मिडफिल्डमा मार्की खेलाडी विशाल राईसँगै पुजन उपरकोटी, रुपेश केसी र विवेक बस्नेत लगायतका खेलाडीले राम्रो प्रभाव जमाउने अपेक्षा गरिएको छ । फरवार्ड लाईनमा आफिज ओलावले र युवा खेलाडी दर्शन गुरुङको उपस्थितीमा धनगढी बलियो देखिन्छ । अफिज घरेलु लिगका सर्वाधिक आक्रकम र सफल फरवार्ड हुन् ।

अर्को टिम विराटनगर भने स्पेनिस फरवार्ड पेड्री मान्जीलाई एनएसएलमा प्रस्तुत गर्दैछ । एनएसएल खेल्न आएको विदेशी खेलाडी मध्य मान्जीलाई उच्च कोटीको खेलाडीको रुपमा हेरिएको छ । मान्जीले पछिल्लो दुई सिजन भारतीय आईलिगमा उच्च प्रदर्शन गरेका थिए । सोहि कारण उनलाई एनएसएलमा उपलब्ध फरवार्ड मध्य राम्रो स्ट्राइकर मानिएको छ ।

विराटनगरले पछिल्लो समय मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबलाई लिग जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका क्यामरुन खेलाडी एडेलाजा सोमिडेलाई पनि टिममा आबद्ध गरेको छ । शारिरिक रुपमा बलियो एडेलाजा तिव्र गतिका फरवार्ड मानिन्छन् । एडेलाजा र पेड्रीको जोडीले धेरै टिमलाई एनएसएलमा दुख दिने अनुमान गरिएको छ ।

विराटनगरलाई मार्की खेलाडी तथा कप्तान रन्जित धिमाल सहित घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका सन्तोष तामाङ, सरोज दाहाल, सुनिल बल, निर कुमार राई लगायतका खेलाडी टिममा आबद्ध छन् । विराटनगरलाई भारतीय ए लाईसेन्स प्राप्त प्रशिक्षक यान लले नेतृत्व गर्नेछन् ।

एनएसएललाई लिएर सबै टिमले राम्रो तयारी गर्न पाएनन् । तयारीको समय सबै टिमलाई पुगेन । खेलाडीहरु मोफसलको प्रतियोगितामा व्यस्त भए । काठमाडौंमा रहेका धेरै टिमले अभ्यासका लागि मैदाननै पाएनन् । हुन त घरेलु लिग फुटबलको उपाधिमा विदेशी खेलाडी निर्णायक देखिदै आएका छन् । पहिलो फ्रेन्चाईज फुटबलमा समेत विदेशी खेलाडीको प्रर्दशन निर्णायक हुने अपेक्षा गरिएको छ । अधिकांश विदेशी खेलाडी समेत नयाँ भएकाले उपाधि होडबाट अनुमान गर्न हतारो हुने देखिन्छ । त्यसका लागि सुरुवाती केही खेलको नतिजा हेर्नुपर्ने प्रशिक्षक मेघराज केसी बताउँछन् ।

सहभागी अर्को टिम बुटबल लुम्बिनीलाई तीन विदेशी खेलाडी सहित घरेलु फुटबल चर्चित अनुहार रविन श्रेष्ठ, सेसेहाङ आङ्देम्बे, आमिर श्रेष्ठ, आशिष लामा, सुमन लामा, रन्दिप पौडेल, लक्ष्मण रुचाल जस्ता खेलाडीको साथ छ ।

प्रशिक्षक मेघराज केसी नेतृतवको एफसी चितवन एफसीको टिममा मार्की खेलाडी भरत खवाससँगै विशाल सुनार, मनिष थापा, बिकास खवास, टेक बुढाथोकी, बिकास तामाङ, विश्व अधिकारी लगायतका खेलाडी छन् ।

बालगोपाल महर्जन नेतृत्वको काठमाडौं रेजर्सले मार्की खेलाडी विकेश कुथु सहित तेज तामाङ, संजोक राई, त्रिदेभ गुरुङ, विश्वास श्रेष्ठ लगायतका खेलाडीलाई समावेश गरेको छ ।

अन्जन बिष्ट मार्की खेलाडी रहेको ललितपुरलाई दुई युरोपेली खेलाडी सहित घरेलु खेलाडीमा युवा खेलाडी एरिक बिष्ट, पाल्साङ लामा, अर्पण कार्की, मिक्छेन तामाङ लगायतका खेलाडीले साथ दिनेछन् । पछिल्लो समय टिममा आबद्ध भएका पिटर सेगुनको आगमनले ललितपुरले डिफेन्स लाईनलाई थप मजबुद बनाएको छ ।

युरोपबाट आएका दुई खेलाडीले टिमको आक्रमण लाईन थप मजबुद बनेको ललितपुरको भनाई छ ।


यता, पोखरालाई तीन क्यामरुन खेलाडी सहित कप्तान अनिल गुरुङ, नवयुग श्रेष्ठ, दिप कार्की, अजित भण्डारी, रवि पासवान, गौतम श्रेष्ठ, सुजित बुठाथोकी लगायत खेलाडीको साथ रहेको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
भारतीय राष्ट्रिय टिमको प्रशिक्षक बन्न जाभीको आवेदन !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP