एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्दै छ ।
साविक विजेता समेत रहेको लिभरपुलले न्युकासलसँग घरेलु मैदानमा खेल्नेछ ।
लिभरपुल र न्युकासलबीचको खेल साँझ ५:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लिभरपुल जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
शीर्ष चारको सम्भावना कायम राख्न पनि लिभरपुललाई जित महत्वपूर्ण रहेको छ ।
लिभरपुल ५३ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।
लिभरपुल जित निकाल्दै शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।
न्युकासल ३५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
न्युकासल पनि लिभरपुललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
अर्को खेलमा चेल्सीले वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।
चेल्सीले उसैको मैदानमा वेस्ट ह्यामसँग खेल्नेछ ।
चेल्सी ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।