• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
त्रिकोणात्मक सिरिज : तथ्यमा नेपालको प्रदर्शन
दिपेश तिमल्सिना
शनिबार, वैशाख ११, २०७८ दिपेश तिमल्सिना
त्रिकोणात्मक सिरिज : तथ्यमा नेपालको प्रदर्शन

काठमाडौं । कीर्तिपुरस्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाली खेलाडीले सुधारिएको खेल प्रस्तुत गरे । सिरिजमा केही नेपाली खेलाडीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाए भने केहीले उत्कृष्ट प्रदर्शन गरे ।

सिरिजका चार खेल खेलेको नेपाल तीन खेलमा जित र एक खेलमा हार व्यहोर्न पुग्यो । तर, सिरिज भर नेपालको प्रदर्शन भने सम्झना योग्य नै रह्यो । धेरै खेलाडीले सिरिजमा सम्झन लायक प्रदर्शन गरे ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल मध्येमा २१ इनिङ्स खेलेका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आफ्नो पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा आफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

नेदरल्यान्ड्सविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३० बलमा ३ चौका र ५ छक्का सहित अर्धशतक बनाएका हुन् ।

कुशलको कीर्तिमान -

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले विश्व कीर्तिमान बनाए । उनले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका हुन् ।

नेदरल्यान्ड्सविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले डेब्यसँगै लगातार तीन अर्धशतक बनाए । उनी टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्युपछि लगातार तीन अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बने ।

कुशलले नेदरल्यान्ड्सविरुद्धको पहिलो तथा डेब्यु खेलमा ६२ रन बनाएका थिए । उनले ४६ बलको सामना गर्दै समान ५ चौका र छक्काको मद्दतमा ६२ रन जोडेका थिए ।

त्यसपछि मलेसियासँगको आफ्नो दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए । उनले ४२ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको अविजित इनिङ्स खेलेका थिए ।

May be an image of one or more people, people playing sports and text

कुशलले नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा आफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रिय करियरको तेस्रो अर्धशतथक बनाए । उनले नेदरल्यान्ड्सलाई २ सय ७ रनको लक्ष्य सुम्पिँदा ६२ रनको जोडेका थिए । कुशलले ४६ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए ।

कुशलले लगातार तीन खेलमा अर्धशतक बनाउने खेलाडीमा भारतका विराट कोहली, अष्ट्रेलियाको डेभिड वार्नर, सेन वाट्सन, पाकिस्तानका बाबर आजम, श्रीलंकाका कुमार संगकारासँग पनि बराबरी गरेका छन् ।

टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा लगातार ४ अर्धशतक बनाउने खेलाडीको कीर्तिमान भने दुई खेलाडीको नाममा छ । लगातार ४ अर्धशतक बनाउनेमा वेष्ट इन्डिजका क्रिस गेल र न्युजिल्यान्डका ब्रेण्डन म्याकुलम रहेका छन् ।

कुशलले सिरिजका चार खेल खेल्दा एक खेलमा अविजित रहँदै २ सय एक रन जोडेका छन् । उनी सिरिजको सर्वाधिक स्कोरकर्ताको शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा नेदरल्यान्ड्सका म्याक्स ओ डाउड रहेका छन् । उनले तीन खेलमा एक शतकसहित १ सय ५२ रन जोडेका छन् ।

डेब्युमा कमलको तीन विकेट 

नेपाली राष्ट्रिय त्रिकेट टोलीका मिडियम पेस बलर कमल सिंह ऐरीले पनि जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा डेब्युको अवसर पाए । सुरुवाती तीन खेलमा बेन्चमै सिमित रहेका कमल मलेसियासँगको चौथो खेलमा प्लेइङ- ११ मा मौका पाएका थिए ।

एक खेल अगावै नेपालले सिरिजको फाइनलमा स्थान बनाएपछि डेब्यु गर्न बाँकी रहेका कमलले पनि मलेसियाविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्युको अवसउर पाएका थिए ।

कमलले डेब्यु खेलमा मलेसियाविद्ध टिमको सातौ ओभर लिएर बलिङ गर्न आए । उनले आफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रिय करियरको पहिलो ओभरमा विना विकेट ८ रन खर्चिए ।

No description available.

त्यसपछि आफ्नो स्पेलको दोस्रो ओभर लिएर नवौं ओभरमा आए । उनको पहिलो बलमा मलेसियाका विरन्दीप सिंहले एक रन लिए । दोस्रो बलमा उनले शर्विन मुनियन्दीलाई एलबीडब्लुको सिकार बनाउँदै टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आफ्नो पहिलो विकेट लिए ।

त्यसपछिको बलमा एक रन खर्चेका उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा आसिफ शेखबाट क्याच गराउँदै विरन्दस्पलाई पेभिलियन फर्काए । दोस्रो ओभरमा कमलले मात्र दुई रन खर्चेर दुई विकेट लिए ।

टिमको ११ औं तथा आफ्नो तेस्रो ओभरमा उनले ६ रन खर्चेर विकेट लिन सकेनन् । त्यसपछि उनी आफ्नो स्पेलको अन्तिम ओभर लिएर २० औ ओभरमा अलिङ अट्याकमा आए । उनले २० औं ओभरको पहिलो बलमा कप्तान ज्ञानेन्द्र मल्लको हातबाट मुहम्मद वाफिकलाई आउट गरे । वाफिकलाई आउट गरेसँगै कमलले आफ्नो डेब्यु खेलमा ३.१ ओभरमा मात्र १६ रन खर्चदै ३ विकेट लिए ।


नेपालको स्कोर २ सय भन्दा माथि 

नेपाली क्रिकेटमा बलिङ साइड राम्रो भएपनि ब्याटिङ साइडमा भने धेरै प्रश्न उठ्ने गरेका थिए । धरमराएको नेपाली क्रिकेटको ब्याटिङमा मुख्य कमजोरी नै ओपनिङ जोडी थियो । बारम्बार ओपनिङमा खेलाडी परिक्षण गर्दा असफल बनेको नेपाली टोलीले अन्तर्राष्ट्रियका कुनै पनि खेलमा लामो इनिङ्स खेल्न सकिरहेको थिएन् ।

तर, लामो समयको अन्तरालपछि नेपाली टोलीले एक उत्कृष्ट ओपनिङ जोडी पाएको छ । डेब्यु खेलमा नै ओपनिङ जोडीद्धय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिएका थिए । त्यसपछिका खेलमा पनि यो जोडीले नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।

पछिल्लो खेलहरुमा ओपनिङ जोडीको उत्कृष्ट सुरुवात र टप अडरका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दा नेपालले आफ्नो ब्याटिङ लाईन सुधारिएको संकेत देखाएको छ । त्रिकोणात्मक सिरिजका सुरुवाती दुई खेलमा लक्ष्य पछ्याएको नेपालले निर्भारित ओभर अगावै ९ विकेटको जित निकालेको थियो ।

May be an image of one or more people, people standing, people playing sports and text

त्यसपछिका दुई खेल खेल्दा पहिले ब्याटिङ गरेको नेपालले विपक्षी टोलीलाई २ सय भन्दा माथीको लक्ष्य सुम्पेको थियो । यसअघि मध्यम स्कोरमा सिमित हुने नेपालले दुई पछिल्लो खेलहरुमा २ सयभन्दा माथीको रन बनाउन थालेको छ ।

नेदरल्यान्ड्सविरुद्ध २ सय ६ रन जोडेको नेपालले, मलेसियासँगको खेलमा २ सय १७ रन जेडेको थियो । जुन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले १३ औं सागमा भुटानविरुद्ध जोडेको २ सय ३६ रनपछिको सर्वाधिक रन हो ।

करणको आक्रमक ब्याटिङ

तिव्र गतिका बलर करण केसी विश्व कीर्तिमान बनाउनबाट चुके । उनी भारतीय क्रिकेटर युवराज सिंहले बनाएको सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबरी गर्नबाट चुके । युवराज सिंहले १२ बलमा अर्धशतक पुरा रगेका थिए ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा मलेसियाविरुद्ध आक्रमक ब्याटिङ प्रस्तुत गरेका करणले ११ बलमा ४४ रन जोडेका थिए । उनलाई अर्धशतक बनाउन एक छक्काको आवश्यक थियो । तर, उनी कीर्तिमान नजिक पुगरे कीर्तिमान बनाउनबाट चुके ।

१६ औं ओभरको चौथो बलमा उपकप्तान दिपे्रन्द्र सिंह ऐरी आउट भएपछि करण क्रिजमा पुगेका थिए । पहिलो बलको सामना गर्दै एक रनबाट सुरुवात गरे ।

१७ औं ओभरका दुई बल कुशल मल्ले फेस गरिसकेपछि तेस्रो बलमा करण इट्राइकमा पुगे । उनले तेस्रो बल डट खाए । तर, चौथो र पाँचौ बलबाट उनले छक्काको सुरुवात गरे ।

May be an image of 1 person, standing, outdoors and text

करणले १८ औं ओभरमा पाँच बल फेस गर्दा ४ छक्का र एक बलमा चौका बटुलेका थिए । १८ औं ओभरसम्म पुग्दा करणले १० बलमा ३८ रन जोडी सकेका थिए ।

१९ औं ओभरको पहिलो बल कुशलले सामना गर्दै एक रन जोडेर क्रिज करणलाई लिए । करणले दोस्रो बलमा छक्का प्रहार गर्दै ११ बलमा ४४ रन जोडे । अब उनलाई युवराज सिंहसँगको फाटेस्ट अर्धशतकको कीर्तिमानका लागि एक बलमा छ रन आवश्य थियो । उनी क्रिजमा रहेकाले उनीसँग त्यो अवसर समेत थियो । तर, उनी मुहम्मद वाफिकले गरेको १९ औं ओभरको तेस्रो बलमा एक रन लिग पुगे र कीर्तिमान बनाउनबाट चुके ।

त्यसपछि उनी २० औं ओभरमा पेभिलियन फर्किन पुगे । २० औं ओभरको पहिलो बल वाइड भएपछि साद अजिजले पुनः फालेको बलमा करण क्याच आउट हुँदै १३ बलमा ७ छक्का सहित ४५ रन जोडेर पेभिलियन फर्किए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP