एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।
शुक्रबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा गोलकिपर ब्रेण्ड लिनोले आत्मघाती गोल गरेपछि आर्सनल स्तब्ध भएको हो ।
खेलको ७६ औं मिनेटमा एभर्टनका रिचार्लीसनको क्रस बल नियन्त्रण लिने क्रममा गोलकिपर लिनोले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यस हारसँगै आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुने योजनामा धक्का लागेको छ ।
आर्सनल लिगको नवौं स्थानमा रहेको छ । आर्सनलले ३३ खेलमा ४६ अंक जोडेको छ ।
एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
