• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै
खेलपाटी संवाददाता
शनिबार, वैशाख ११, २०७८ खेलपाटी संवाददाता
उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ । उपाधि जित्दै नेपाल कोरोनाका कारण बारम्बार सरेको अन्तर्राष्ट्रिय प्रतियोगिताको पीडा भुल्न चाहन्छ ।

नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ । सिरिजमा नै उच्च प्रदर्शन गरेको नेपाल फाइनलमा पनि नेदरल्यान्ड्सलाई कडा चुनौती दिन चाहन्छ ।

तर, नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ । नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स पनि आफ्नो त्यहि लयलाई कायम राख्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

May be an image of 1 person, standing and text

प्लेर टु वाच :

ब्याटिङ -

नेपाली टोलीका लागि दुई युवा ब्याट्सम्यान कुशत भुर्तेल र आसिफ शेख मुख्य हतियार रहने छन् । सिरिजमा उत्कृष्ट ओपनिङ जोडीको रुपमा देखिएका दुई ब्याट्सम्यान नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा पनि ओपनिङ गर्ने सम्भावना छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध नै डेब्यु गरेको यी दुई जोडीले थुप्रै कीर्तिमान समेत बनाएका छन् । उनीहरुले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतकसँगै पहिलो विकेटका लागि सर्वाधिक १ सय १६ रनको साझेदारी समेत गरे ।

कुशल जारी सिरिजमा सर्वाधिक स्कोर कर्ता समेत हुन् । उनले नेपालका लागि सिरिजमा ४ खेलमा २ सय १ रन जोडेका छन् । त्यस्तै आसिफले १ सय ३८ रन जोड्दै सिरिजमा सर्वाधिक रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनीहरुलाई कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको पनि साथ रहनेछ ।

यता नेदरल्यान्ड्सका लागि म्याक्स ओ डोउड मुख्य हतियार हुन् । जारी सिरिजमा शतक प्रहार गर्ने उनी एक्लो खेलाडी समेत हुन् । उनले मलेसियाविरुद्धको खेलमा १ सय ३३ रनको अविजित शतकीय इनिङ्स खेलेका थिए ।

उनी सिरिजमा सर्वाधिक दोस्रो स्कारकर्ता समेत हुन् । म्याक्सले सिरिजमा तीन खेल खेल्दै १ सय ५२ रन जोडेका छन् । उनलाई मलेसियाविरुद्धको दोस्रो खेलमा भने विश्राम दिइएको थियो ।
त्यस्तै बेन कुपर र बास डे लिड पनि नेदरल्यान्ड्सका लागि मुख्य हतियार हुन् । कुपरले सिरिजमा चार खेलमा दुई खेलमा अविजित रहदै १ सय २९ रन जोडेका छन् । उनले दुई अर्धशतक समेत जोडेका छन् ।

त्यस्तै लिडले सिरिजको शीर्ष स्कोरकर्ताको पाँचौ स्थानमा छन् । उनले चार खेलका तीन इनिङ्सबाट एक अर्धशतक सहित १ सय २२ रन जोडेका छन् । उनले नेपालविरुद्ध तीन विकेटको जित निकाल्दा ८१ रनको अविजित इनिङ्स खेलेका थिए ।

बलिङ -
नेदरल्यान्ड्ससँगको खेलका लागि बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर करन केसी नेपालका लागि मुख्य हतियार हुने छन् ।

May be an image of 1 person, standing and text that says 'SOMPAL 1 खेलपाटी khelpati.com खेलपाटी खेल khelpati.com खेलपाटीkhelpati.com aton Û Coll IEPAL khelpati.com खेलपाटी खेल khelpati.comखेलपार्ट khelpati.com'

अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अनुभव बटुली सकेका सन्दीपले जारी सिरिजका चार खेलबाट ११ विकेट लिएका छन् । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा चार ओभर बलिङ गर्दै दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा चार ओभरमा ४ विकेट लिएका थिए ।

बलिङ अलराउण्डर करण केसीले सिरिजमा खासै विकेट दिन नसके पनि उनी नेपालका लागि मुख्य हतियारा हुन् । उनले सिरिजका चार खेलमा ४ विकेट लिएका छ्न ।

यता नेदरल्यान्ड्सका लागि कप्तान पिटर सिलार मुख्य हतियार हुन् । उनले जारी सिरिजका चार खेलमा तीन इनिङ्स बलिङ गर्दै तीन विकेट लिएका छन् । उनले नेदरल्यान्ड्सका लागि ७३ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ६१ इनिङ्समा बलिङ गर्दै ६.८७ को इकोनोमीमा ५६ विकेट लिएका छन् ।

ब्याटिङमा पनि उत्कृष्ट देखिएका बास डे लिड नेदरल्यान्ड्सको बलिङतर्फ पनि मुख्य खेलाडी हुन् । उनले सिरिजका चार खेलमा ४ विकेट लिएका छन् ।


 हेड टु हेड

नेपालको लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले सर्वाधिक टी-ट्वान्टी नेदरल्यान्ड्सविरुद्ध खेलेको छ ।

यस सिरिजमा दुबै टोली उपाधि दाबेदार हुन् । एसोसिएट राष्ट्रको एक बलियो टोली नेदरल्यान्ड्सलाई घरेलु भूमिमा हराउनु नेपाललाई ठुलो चुनौती छ । यस्तै नेदरल्यान्ड्सलाई समेत नेपाली समर्थकसामु खेल्न सहज हुने छैन ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग १० टी-ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । नेपालले कुनैपनि राष्ट्रसँग खेलेको यो खेल सर्वाधिक हो ।

नेपालले ३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजा विहीन भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट सन् २०१२ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा भएको थियो । सो खेलमा नेपालले मात्र ८५ रन बनाउँदा नेदरल्यान्ड्सले ६ विकेटको सहज जित निकालेको थियो ।

May be an image of 1 person, standing, grass and text

सन् २०१३ मा पुनः विश्वकप छनोटमा समेत नेपाल १ सय ७ रन जोड्दा नेदरल्यान्ड्सले ५ विकेटको जित हात पार्यो ।

दुबै राष्ट्रको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय खेल सन् २०१५ मा भएको थियो । सन् २०१४ मा टी ट्वान्टी विश्वकप खेलेपछि पाएको एतिहासिक टी–ट्वान्टी मान्यतापछि नेपाल नेदरल्यान्ड्स भ्रमणमा निस्किएको थियो । चार खेलको भ्रमण सिरिजमा नेपालले मात्र १ खेलमा जित हात पार्यो, जुन नेपालले नेदरल्यान्ड्समाथि पहिलो पटक जित दर्ता गर्न सफल भयो ।

पहिलो खेलमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ सय १६ रन बनाउन सक्यो । दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोर्यो । १ सय ७२ रनको ठुलो लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ६९ रनमा समेटियो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले बनाएको यो नै सबै भन्दा कम रन हो । तेस्रो खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ३१ रन बनायो ।

सिरिज अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पहिलो पटक पराजित गर्न सफल भयो । १ सय ४० रन पछ्याएको नेपालले २ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

May be an image of one or more people, people standing, people playing sports and text that says 'खेलपाटी Û khelpa khelpati.com kelpat.coे khelpati.com खैलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com NT)'

सन् २०१८ को इंग्ल्यान्ड भ्रमणमा नेपालले नेदरल्यान्ड्स र मेरिलिबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक सिरिज खेल्यो । जसमा नेपाल र नेदरल्यान्ड्स बीचको खेल वर्षाले प्रभावित भयो ।

नेपालमा जारी सिरिज अघि नेदरल्यान्ड्स र नेपालले ओमानमा २०१९ मा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो ।

घरेलु मैदानमा जारी सिरिजको पहिलो खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा भने नेदरल्यान्ड्सले ३ विकेटको जित निकालेको थियो ।

May be an image of one or more people, people standing, people playing sports and text

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
umbro nepal
  • ताजा समाचार
  • खेल आज
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने
मेसीले १६ वर्षअघि गरेको हेडर गोलको कलाकृति बन्ने
मेसीले १६ वर्षअघि गरेको हेडर गोलको कलाकृति बन्ने
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
बेलायत भ्रमणमा नेपालको लगातार तेस्रो जित
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
क्लब विश्वकपपछि मोड्रिचले रियल छाड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP