किरणले धनगढीको कप्तानी गर्ने
२०२१ अप्रिल २३, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लबको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् ।
धनगढीले शुक्रबार एक विज्ञप्ति निकाल्दै टिमको कप्तान किरणले गर्ने जनाएको छ ।
राष्ट्रिय टिमका कप्तान समेत रहेका किरण आइकोनिक खेलाडीको रुपमा धनगढीमा आबद्द भएका थिए ।
पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलेका किरण ५ वर्षपछि घरेलु फुटबलमा फर्किन लागेका हुन् ।
धनगढीको मार्की खेलाडीको रुपमा विशाल राई रहेका छन् ।
टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् ।
धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ ।