धनगढी एफसीलाई कियाको साथ

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीको मुख्य प्रायोजकको रुपमा दक्षिण कोरियाली कम्पनी किया आबद्ध भएको छ ।
कार उत्पादन कम्पनी कियाले धनगढी एफसीलाई मुख्य प्रायोजकको रुपमा साथ दिएको हो । सम्झौतासंगै कियाले नयाँ लोगो समेत सार्वजनीक गरेको छ ।
धनगढी एफसीका मालिक सुवास शाही र किया नेपालका अनिश लामिछाने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गो–ड्रिमर्स स्वामित्वको धनगढी एफसीका अध्यक्ष सुवास शाहीले कियाँसँग जोडिदा पाउँदा खुशी लागेको बताए । उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु खुसीकिो विषय रहेको बताए ।
सम्झौताको अवधि एक वर्षको रहेको छ । सम्झौताको रकम खुलाईएको छैन ।
किया नेपालका सहायक महाप्रबन्धक अनिश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको बताए । उनले नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदा खुशी व्यक्त गरे ।
सम्झौता कार्यक्रममा धनगढीका आइकोनिक खेलाडी किरण चेन्जोङ र मार्की खेलाडी विशाल राई उपस्थित थिए ।
शनिबार सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी एफसीविरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछ ।