बार्सिलोनाका अध्यक्ष भन्छन्, 'सुपर लिग आवश्यक छ'

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले युरोपियन सुपर लिग आवश्यक रहेको बताएका छन् ।
युरोपियन सुपर लिगको घोषणापछि विवादित बनिरहेको समय बार्सिलोनाका अध्यक्षले प्रतियोगिताको आवश्यकता रहेको बताएका हुन् ।
'ठुला क्लबका लागि बिल्कुल यो आवश्यक छ । हामीले धेरै राजश्व प्राप्त गर्छौं,' उनले टिभी-३ सँग भनेका छन्, 'हामीलाई विश्वास छ की यो महत्वपूर्ण छ ।'
गत साता १२ क्लबले संयुक्त रुपमा सुपर लिगको घोषणा गरेका थिए ।
नयाँ प्रतियोगिताको संस्थापक क्लबमा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका थिए ।
स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका थिए ।
तर, चौतर्फी विरोध भएपछि प्रिमियर लिगका ६ सहित इटालीको इन्टर मिलान, एट्लेटिको मड्रिड लगायतका क्लबले नाम फिर्ता लिएका थिए ।
अब ४ क्लबले मात्र नाम फिर्ता लिएको छैन । जसमा बार्सिलोना पनि रहेको छ ।