मिलानसँग इब्राहिमोविचको नयाँ सम्झौता
२०२१ अप्रिल २३, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् ।
इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरि मिलानसँग नयाँ सम्झौता गरेका छन् ।
सम्झौतासँगै इब्राहिमोविच २०२१/२२ को सिजनसम्म मिलानमा रहने छन् ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।
इब्राहिमोविचले यस सिजन २५ खेलमा १७ गोल गरिसकेका छन् ।
'म सधै भन्ने गर्छु एसी मिलानमा खेल्नु घरमा भए जस्तै हो,' उनले भनेका छन्, 'म निकै खुसी छु । सकेसम्म म यहिँ रहने छु ।'
सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् ।