एट्लेटिको शीर्ष स्थानमा
२०२१ अप्रिल २३, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार राति भएको खेलमा हुयस्कालाई २-० गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
जितसँगै एट्लेटिकोले ३२ खेलमा ७३ अंक जोडेको छ ।
रियल मड्रिडलाई ३ अंकले पछि पार्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो ।
रियलको ७० अंक रहेको छ ।
हुयस्का ७० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।