लेष्टरको सहज जित
२०२१ अप्रिल २३, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लेष्टर वेस्ट ब्रुममाथि ३-० गोल अन्तरको सहज जित निकालेको हो ।
लेष्टरलाई जित दिलाउन जेमी भार्डी, जोनी इभान्स र केलिची इहिनाचोले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २६ औं मिनेटमा इभान्सले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ३६ औं मिनेटमा केलिचीले गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।
जितसँगै लेष्टरले ३२ खेलमा ५९ अंक जोडेको छ ।
लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ ।
वेस्ट ब्रुम २४ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।