बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे ।
बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको आठौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी भयो ।
२८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता बनायो ।
खेलको ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए ।
६९ औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३-२ को स्थितिमा आयो ।
खेलको ८७ औं मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४-२ ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ ।
बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।