डर्टमण्डको सहज जित
२०२१ अप्रिल २२, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लीनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डलाई जित दिलाउन मार्को रिउस र राफेल गुइरेईरोले एक एक गोल गरे ।
खेलको २७ औं मिनेटमा रिउसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
अर्लिङ हालाण्डको पेनाल्टी प्रहार गोलकिपरले बचाएपछि आएको रिबाउन्ट बल बर्लीनका डिफेन्डरले क्लियर गर्न नसक्दा रिउसले गोल गरेका हुन् ।
त्यसपछि खेलको ८८ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।
जितसँगै डर्टमण्डले ३० खेलमा ५२ अंक जोडेको छ ।
डर्टमण्ड लिगको पाँचौं स्थानमा रहेको छ ।
बर्लीन ४३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।