इन्टर उपाधितर्फ अग्रसर
२०२१ अप्रिल २२, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले स्पेजियासँग बराबरी खेलेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले स्पेजियासँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको १२ औं मिनेटमा डिएगो फारियासले गोल गर्दै स्पेजियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई हारबाट जोगाए ।
यस बराबरीसँगै इन्टरले लिगमा १० अंकको अग्रता बनाएको छ ।
इन्टर उपाधि नजिक समेत पुगेको छ । इन्टरले सन् २०१० पछि सिरी ए को उपाधि जित्न सकेको छैन ।
यस बराबरीपछि इन्टरले ३२ खेलमा ७६ अंक जोडेको छ ।
स्पेजिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।