युभेन्ट्सको सहज जित
२०२१ अप्रिल २२, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।
खेलको २५ औं मिनेटमा गास्टन ब्रुगमानले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ४७ औं मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले ३२ खेलमा ६५ अंक जोडेको छ ।
पर्मा २० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।