इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा
२०२१ अप्रिल २२, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा एन्जर्सलाई ५-० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे ।
यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको नवौं मिनेटमा इकार्डीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २३ औं मिनेटम एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।
खेलको ६५ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ र ९० औं मिनेटमा इकार्डीले गोल गर्दै ह्याट्रिक पूरा गर्दा पीएसजी ५-० ले विजयी भयो ।