टोटेनहमको पुनरागमन जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा टोटेनहमले साउथह्याम्पटनमाथि २-१ गोल अन्तरको जित निकालेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेल र सन ह्युङ मिनले एक एक गोल गरे ।
साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा इन्ग्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६० औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा सनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए ।
यससँगै टोटेनहमले अन्तरिम प्रशिक्षक रायन मासनको नेतृत्वमा पहिलो जित निकालेको छ ।
मुख्य प्रशिक्षक जोसे मोरिन्हो बर्खास्तमा परेपछि रायनले टिम हेर्ने जिम्मेवारी पाएका हुन् ।
जितपछि टोटेनहमले ३३ खेलमा ५३ अंक जोडेको छ ।
टोटेनहम छैटौं स्थानमा समेत उक्लिएको छ ।
साउथह्याम्पटन ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

