एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो ।
खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै एस्टनलाई १-० को अग्रता दिलाएका थिए ।

तर, खेलको २२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ४० औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यस्तै खेलमा दुबै टिम १० खेलाडीमा समेटिएको थियो ।
खेलको ४४ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि सिटी पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
खेलकी ५७ औं मिनेटमा म्याटी क्यासले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा भिल्ला पनि १० खेलाडीमा सिमित भएको थियो ।
यस जितसँगै सिटीले लिगमा ११ अंकको अग्रता बनाएको छ र उपाधि नजिक पुगेको छ ।
सिटीले ३३ खेलमा ७७ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ६६ अंक रहेको छ ।
एस्टन ४४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।