बेन्जिमा चम्किदा रियल शीर्ष स्थानमा
बिहिबार, बैशाख ९, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे ।
अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो ।
खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ३२ खेलमा ७० अंक जोडेको छ ।
काडिज ३६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

