एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ ।
क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटेनहमले सोमबार मोरिन्होलाई बर्खास्त गरेको हो ।
टोटेनहमले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
चेल्सी र म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक समेत रहेका मोरिन्होले टोटेनहमसँग सन् २०२३ सम्मको लागि सम्झौता गरेका थिए ।
तर, पोर्चुगिज प्रशिक्षक मोरिन्हो १७ महिनापछि नै बर्खास्तमा परेको हो ।
यस सिजन टोटेनहम लिगको सातौं स्थानमा रहेको छ ।