एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (सोमबार) लिभरपुल र लिड्स युनाईटेड भिड्दैछन् ।
उपाधि यात्राबाट हात धोएको लिभरपुलले अंक तालिकामा सुधार गर्ने लक्ष्य सहित लिड्ससंग भिड्न लागेको हो ।
खेल नेपाली समय अनुसार राती पौने १ बजे सुरु हनेछ ।
दुरीका हिसाबले लिभरपुल र लिड्सबीच ७ अंकको फरक छ । लिभरपुल ५२ अंक सहित छैटौं र लिड्स ४५ सहित दसौं स्थानमा छ ।
लिड्स फरवार्ड राफिन्हा र रोड्रिगो फिटनेसका कारण लिभरपुलविरुद्ध उत्रने सम्भावना कम छ । लिड्स कप्तान लाम कुपरबिनै मैदान उत्रनेछ । उनले म्यान्चेष्टर सिटीविरुद्धको खेलमा रातो कार्ड ब्यहोरेका थिए ।

लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले चोटको नयाँ समस्या नरहेको बताएका छन् । जोए गोमेज, जोर्डन हेन्डरसन, जोयल माटिप र भर्जिल भान डिजिक चोटका कारण टिममा हुने छैनन् ।
लिभरपुल जित निकाल्दै लिग तालिकाको शीर्ष चार भित्र पर्ने योजनामा छ । घरेलु टोली लिड्स समेत अंक तालिकामा सुधार गर्न चाहन्छ ।