एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा इन्टर नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो ।
खेलको ३६ औं मिनेटमा समिर हान्डअनोभिचको आत्मघाती गोलबाट नापोलीले अग्रता बनाएको थियो ।

तर, खेलको ५५ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकिएको थियो ।
यस बराबरीसँगै इन्टरले ३१ खेलमा ७५ अंक जोडेको छ ।
इन्टर शीर्ष स्थानमा रहेको छ ।
नापोली ६० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।