एजेन्सी । युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषणा भएको छ ।
युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका छन् ।
संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका सर्वाधिक ६ क्लब रहेका छन्। प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् ।
यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।
संस्थापन क्लबमा थप ३ क्लब थपेर १५ बनाईने समेत बताईएको छ ।
रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताईएको छ ।
लिगका खेलहरु मध्येसातामा हुनेछ । जसको कारण घरेलु लिगमा असर नगर्ने बताईएको छ ।
यस्तै ईएसएलले महिलाको प्रतियोगिताको योजना समेत अघि बढाईएको जनाएको छ ।

ईएसएलले नयाँ प्रतियोगिताका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफए र विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग छलफल अघि बढाईने जनाएको छ ।
यता, यूईएफए र फिफाले भने ईएसएल खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने खतरा बढेको छ ।
यूईएफएले यस अघि नै यस प्रतियोगिता आयोजना नगर्न र प्रतियोगितामा सहभागी खेलाडीले अन्तराष्ट्रिय खेल खेल्न नपाउने बताईसकेको छ ।
फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताईसकेको छ ।