एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले वेर्डेर ब्रेमेनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको मैदानमा सुरुवाती अग्रता भने पाहुना टोलीले बनाएको थियो ।
१४ औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २९ औं मिनेटमा जियोभानीले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ३४ औं मिनेटमा अर्लिङ हालाण्डले पेनाल्टीमा गोल गरेपछि डर्टमण्ड २-१ ले अघि रह्यो ।
३८ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा म्याट हुमेल्सले गोल गर्दै डर्टमण्डलाई ४-१ को जित दिलाए ।
जितसँगै डर्टमण्डले २९ खेलमा ४९ अंक जोडेको छ । डर्टमण्ड लिगको पाँचौं स्थानमा रहेको छ ।
ब्रेमेन ३० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।