एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।
गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै रियललाई उपाधि होडमा धक्का लागेको छ ।
रियलको बराबरीले शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई फाईदा पुगेको छ ।

रियल ३१ खेलमा ६७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको एट्लेटिकोको ७० अंक रहेको छ ।
गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा भिल्ला रियलले लेभान्टेलाई ५-१ ले हराएको छ ।