एजेन्सी । प्रिमियर लिग क्लब लेष्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको सेमिफाइनलमा साउथह्याम्पटनलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर फाइनलमा स्थान पक्का गरेको हो ।
वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे ।
केलिचीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यससँगै लेष्टर ५२ वर्ष पछि एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
लेष्टर सन् १९९६ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।
अब लेष्टरले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ ।
चेल्सी म्यानचेस्टर सिटीलाई हराएर उपाधि नजिक पुगिसकेको छ ।
फाइनल खेल मे १५ मा हुनेछ ।