एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले दुई गोल गरे । एडिन्सन काभानीको नाममा एक गोल रह्यो ।
बर्नलीका जेम्स तार्कोव्स्कीले एक गोल फर्काए ।
घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ५० औं मिनेटमा जेम्सले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८४ औं मिनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा काभानीले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।
जितसँगै युनाईटेडले ३२ खेलमा ६६ अंक जोडेको छ ।
युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
बर्नली ३३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
अर्को खेलमा आर्सनलले फुलहमसँग १-१ गोलको बराबरी खेलको छ ।