एजेन्सी । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द आबद्द टिम पर्सिजा जकार्ता इन्डोनेसियाको मेन्पोरा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पीएस माकासरलाई ४-३ गोल अन्तरले पराजित गर्दै जकार्ता उपाधि नजिक पुगेको हो ।
सेमिफाइनलको दोस्रो लेग बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यस अघि दुई टोलीले पनि लेगमा समेत गोलरहित बराबरी खेलेका थिए ।
पेनाल्टीमा रोहितले गोल समेत गरे ।
अब जकार्ताले उपाधिका लागि पर्सिब बानडुङ र पीएस स्लेमानबीचको विजेतासँग खेल्नेछ ।