रोहित आबद्द जकार्ता फाइनलमा
आइतबार, ०५ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द आबद्द टिम पर्सिजा जकार्ता इन्डोनेसियाको मेन्पोरा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पीएस माकासरलाई ४-३ गोल अन्तरले पराजित गर्दै जकार्ता उपाधि नजिक पुगेको हो ।
सेमिफाइनलको दोस्रो लेग बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यस अघि दुई टोलीले पनि लेगमा समेत गोलरहित बराबरी खेलेका थिए ।
पेनाल्टीमा रोहितले गोल समेत गरे ।
अब जकार्ताले उपाधिका लागि पर्सिब बानडुङ र पीएस स्लेमानबीचको विजेतासँग खेल्नेछ ।






-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)
-1769996814257.webp&w=3840&q=75)


-1769996351090.webp&w=3840&q=75)


