एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्स एट्लान्टासँग १-० गोल अन्तरले पराजित भएको हो ।
एट्लान्टालाई जित दिलाउन रुस्लान मालिनोभ्स्कीले निर्णायक गोल गरे ।
उनले खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस हारसँगै युभेन्ट्सले ३१ खेलमा ६२ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
एट्लान्टा ६४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा एसी मिलानले जिओनालाई २-१ ले हराएको छ ।
मिलानलाई जित दिलाउन एन्टी रेबिकले एक गोल गर्दा जियानलुकाले एक गोल आत्मघाती गोल गरे ।
जिओनाका माटियो डेस्ट्रोले एक गोल फर्काए ।
जितसँगै दोस्रो स्थानको मिलानले ६६ अंक जोडेको छ ।
जिओना ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।