काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
अक्सनमा बिक्री नभएका डिफेन्डर विराजलाई बुटवल लुम्बिनी फुटबल क्लबले अनुबन्धित गरेको छ ।
अक्सनबाट आएका डिफेन्डर सुरज बिकले चोट बोकेपछि बुटवलले विराजलाई अनुबन्ध गरेको हो ।
विराज आइतबारबाट सोल्टी होटेलमा रहेको टोलीको क्याम्पमा सहभागी भईसकेका छन् ।
'टोलीका एक डिफेन्डर घाइते भएपछि विराजलाई उनको स्थानमा ल्याएका छुं,' क्लबका एक प्रतिनिधिले भने ।

विराज अक्सनमा 'ए' श्रेणीमा रहेका थिए । तर, उनलाई कसैले बोली लगाएको थिएन ।
राष्टिय टोलीका कप्तान समेत रहेका विराजले थ्री नेसन्स कपको दौरान संन्यास घोषणा गरेका थिए ।
लिगको तयारीमा रहेको बुटबलले बुद्धि विकास खेल मैदानमा तयारी गरिरहेको छ ।
क्लबको मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्य विशाल श्रेष्ठ रहेका छन् ।
यस्तै प्रशिक्षकमा सनोज श्रेष्ठ रहदा निर्देशकमा पुर्ब खेलाडी तथा प्रशिक्षक राजु काजी शाक्य रहेका छन् ।
बुटबल लुम्बिनीले आफ्नो पहिलो १२ गते खेलमा पोखरा थण्डर्सको सामना गर्नेछ ।