एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रोमान्चक जित निकालेको छ ।
आइतबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा सेन्ट इटिनेमाथि ३-२ गोलको रोमान्चक जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुरुवाती अग्रता इटिनेले बनाएको थियो ।
खेलको ७७ औं मिनेटमा डेनिस बौन्गाले गोल गर्दै इटिनेलाई अग्रता दिलाएका थिए ।
तर, ७९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।
इन्जुरी समयको दोस्रो मिनेटमा रोमियन हामुमाले गोल गर्दै इटिनेलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई ३-२ को रोमान्चक जित दिलाए ।
जितसँगै पीएसजीले ३३ खेलमा ६९ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानमा रहेको छ ।
इटिने ३९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।