कोपा डेल रेमा मेस्सीको कीर्तिमान
आइतबार, बैशाख ५, २०७८खेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस कोपा डेल रे फुटबलमा कीर्तिमान बनाएका छन् ।
मेस्सीले कोपा डेल रेको फाइनल खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
मेस्सीले शनिबार राति एथ्लेटिक बिल्बाओविरुद्धको फाइनलमा २ गोल गरेका थिए ।
उक्त खेलमा बार्सिलोनाले ४-० गोलको जित निकाल्दै कीर्तिमानी ३१ औं पटक उपाधि जितेको थियो ।
मेस्सीले कोपा डेल रेको १० फाइनल खेलमा ९ गोल गरेका छन् ।
अर्जेन्टिनाका मेस्सीले टेल्मो जाराको कीर्तिमानी भङ्ग गरेका हुन् ।
स्पेनका पूर्व खेलाडी जाराले ८ गोल गरेर कीर्तिमान बनाएका थिए ।






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


