काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारी गरिरहेको एफसी चितवनले सर्बियन मुलका फ्रेन्च स्ट्राइकर गोरान जेर्काेभिचलाई अनुबन्धित गरेको छ ।
आईएमई ग्रुपका सचिन ढकालको स्वामित्वमा रहेको चितवनले आईतबार गोरानलाई अनुबन्धित गरेको जनाएको छ ।
क्लबले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत ३४ वर्षीय गोरानलाई अनुबन्ध गरिएको जनाएको छ ।
जेर्कोभिच सेन्टर फरवार्ड हुन् ।
जेर्काेभिचको आगमनसँगै चितवनको विदेशी कोटा समेत पूरा भएको छ । यस अघि क्लबले इजिप्टका दुई खेलाडी अनुबन्धित गरिसकेको छ । चितवनले इजिप्टका अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको थियो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायकक शैलेश कर्माचार्य रहेका छन् ।
हाल टोलीले शसस्त्र प्रहरी बलको हल्चोक मैदानमा तयारी गरिरहेको छ ।
बैशाख ११ बाट जेठ १ गतेसम्म हुने लिगको आफ्नो पहिलो खेलमा चितवनले ललितपुर सिटीको सामना गर्नेछ ।