एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा उल्भ्सले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
उल्भ्सको जितमा विलियन जोसेले निर्णायक गोल गरे ।
खेलको ६० औं मिनेटमा जोसेले गोल गर्दै उल्भ्सलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।
जितसँगै उल्भ्सले ३२ खेलमा ४१ अंक जोडेको छ ।
उल्भ्स १२ औं स्थानमा रहेको छ ।
सेफिल्ड १४ अंक जोडेर पुछारमा रहेको छ ।
यस हारसँगै सेफिल्ड प्रिमियर लिगबाट घटुवा भएको छ ।
अर्को खेलमा न्युकासल युनाईटेडले वेस्ट ह्याम युनाईटेडलाई ३-२ ले हराएको छ ।