एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले वुल्फ्स्बर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
वुल्फ्स्बर्गको मैदानमा बायर्नलाई जित दिलाउन जमल मुसियालाले दुई गोल गरे । ईरिक म्याक्सिमले एक गोल थपे ।
घरेलु टोलीका वोउट वेगहोर्स्ट र म्याक्सिमिलियन फिलिपले एक एक गोल फर्काए ।
खेलको १५ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा ईरिकले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
खेलको ३५ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै वुल्फ्स्बर्गलाई २-१ को स्थितिमा ल्याए ।
३७ औं मिनेटमा जमलले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ५४ औं मिनेटमा घरेलु टोलीका फिलिपले एक गोल गरेपनि बायर्न ३-२ ले विजयी भयो ।
जितसँगै बायर्नले लिगमा ७ अंकको अग्रता बनाएको छ ।
बायर्नले २९ खेलमा ६८ अंक जोडेको छ ।
वुल्फ्स्बर्ग ५४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।