सिटीलाई हराउँदै चेल्सी फाइनलमा
शनिबार, बैशाख ४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।
वेम्बलीमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा जिएचले निर्णायक गोल गरेका हुन् ।
जिएचले टिमो वेर्नेरको पासलाई सदुपयोग गरे ।
अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल आगामी मे १५ मा हुनेछ ।







-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



