काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि सन्दीप जोरालाई टिममा बोलाएको छ ।
चोटको कारण पारस खड्काले सिरिज गुमाउने भएपछि क्यानले जोरालाई टिममा बोलाएको हो ।
पूर्व कप्तान समेत रहेका पारसले टिमको प्रशिक्षण दौरान चोट बोकेका थिए ।
उनले फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए ।
डाक्टरले उनलाई करिब ३ हप्ता आराम गर्ने सल्लाह दिएका छन् ।
ब्याट्सम्यान जोराले सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका छन् ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग भोलि (शनिबार) खेल्नेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।