• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ब्याटिङमा सुधारको अपेक्षा
दिपेश तिमल्सिना
शुक्रबार, वैशाख ३, २०७८ दिपेश तिमल्सिना
ब्याटिङमा सुधारको अपेक्षा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले शनिबारदेखि मलेसिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ ।

काठमाडौंको त्रिवि मैदानमा डबल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ ।

लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको नेपाललाई मलेसिया र नेदरल्यान्ड्ससँग खेल्न सजिलो भने हुने छैन । आईसीसीको टी–ट्वान्टी वरीयतामा एसोसिएट राष्ट्रको पाँचौं स्थानमा रहेपनि नेदरल्यान्ड्स एसोसिएट राष्ट्र मध्यको बलियो टोली हो । नेदरल्यान्ड्स टेष्ट राष्ट्रलाई समेत मात दिएको टिम हो ।

मलेसियालाई भने ‘अण्डर डग’ टोली मानिएको छ । यसअघि नेपाललाई दुई खेलमा पराजित गरेको मलेसियालाई यस सिरिजमा ‘अण्डर डग’ टिमको रुपमा हेरिएको छ ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भने आफ्नो क्रिकेटमा विश्वास राख्नुपर्ने बताउँछन् । उनले क्रिकेट भएकाले विपक्षी टिम जस्तो भएपनि आफुले राम्रो क्रिकेट खेल्नु पर्छ भन्ने विश्वास राख्ने बताए ।

‘पहिलो कुरा यो क्रिकेट हो । अर्को विषय भनेको विपक्षी कस्तो छ भन्दा पनि हामीले राम्रो क्रिकेट खेल्नु पर्छ ।’ कप्तान मल्लले खेलपाटीसंग भने, ‘अब टी–ट्वान्टीमा सबै टोली उस्तै–उस्तै हुन्छ । टी–ट्वान्टीमा जुन टिमले राम्ररी खेल्छ उसले जित्ने हो । तर, पनि हाम्रो टिम जुन किसिमले बनेको छ, त्यसले हामी अझ बलियो छौ जस्तो लाग्छ ।’

उनले केही खेलाडी टी–ट्वान्टीमा खास भएकाले टोलीमा समावेश गरेको बताए ।

उनले आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल लगायतका खेलाडी टी–ट्वान्टीमा गेम चेन्जरको रुपमा टोलीमा प्रयोग गर्न सकिने बताए ।

‘आसिफ, कुशल, कुशलको खेल्ने स्टाइल टी–ट्वान्टीका लागि उपयुक्त हुने खालको छ । उनीहरु टी–ट्वान्टीलाई प्रस्ताव गर्दा नेपाली टोलीमा मिल्ने खालको टी–ट्वान्टीका खास खेलाडी हुन् ।’ उनले भने, ‘सन्दीप लामिछाने पनि अन्तर्राष्ट्रिय स्तरमा टी–ट्वान्टीमा राम्रो गरिरहेका खेलाडी हुन् । यसले अन्य खेलाडीलाई पनि आत्मविश्वास दिलाएको छ ।’

तिव्र गतिका बलरद्धय सोमपाल कामी र करन केसीले पनि अन्तर्राष्ट्रिय स्तरमा अनुभव लिएकाले टी–ट्वान्टीमा नेपाली टोलीलाई अझै बलियो बनाएको कप्तान मल्लको बुझाई छ ।


अबको तयारी विश्वकप

कप्तान मल्लले अबको तयारी टी–ट्वान्टी विश्वकपको रहेको बताए ।

उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै अबको तयारी टी–ट्वान्टी विश्वकपको रहेको बताए ।

‘हामीले भनिरहेका पनि छौ । अबको टी–ट्वान्टी विश्वकपका लागि त्यही अनुसारको खेलाडीहरु तयार गर्नु पर्छ ।’ उनले भने ।

उनले नयाँ खेलाडीको आगमनबारे प्रष्ट पारे । घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गरेका कारण युवा खेलाडीलाई सिरिजमा मौका दिएको बताए ।

‘शाहब आलमले घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका थिए । उनले त्यही प्रदर्शनलाई हेरेर राष्ट्रिय टोलीमा निरन्तरता दिनु परेको हो ।’ मल्लले भने ।

‘आलम राम्रो गर्न सक्ने क्षमता भएको खेलाडी हो । एकदमै क्षमतावान पनि छ । उसले यस प्रतियोगितामा आफुलाई प्रमाणित गर्नु पर्ने बेला पनि आएको छ ।’ कप्तान मल्लले भने, ‘आलम अझै यो भन्दा पनि अगाडी बढ्न सक्छ । पछिल्लो समय उसले ब्याटिङमा पनि सुधार गर्न थालेको छ ।’

उनले थपे, ‘आसिफ पनि राम्रो क्षमता भएको खेलाडी छ । उनले पछिल्लो सिजनमा राम्रो प्रदर्शन गरिरहेका छन् । राम्रो भैनहाले पनि निरास बनाउँदैन । यहि बेला हो जति सकिन्छ युवा खेलाडीलाई अवसर दिनु पर्ने र मोटिभेट गर्नु पर्ने ।’

उनले अन्तर्राष्ट्रिय खेलहरु आयोजनाका लागि अगाडी बढाउनु महत्वपूर्ण गरेको बताए । उनले यस्ता प्रतियोगितामा नयाँ खेलाडीले अवसर पाए राष्ट्रिय टोली निर्माणमा टेवा पुग्ने बताए ।


ब्याटिमा सुधारको अपेक्षा

नेपालले १४ महिना पछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । कोरोनाका कारण नेपालले खेल्ने तय भएका अन्तर्राष्ट्रिय खेलहरु बारम्बार सर्दै गए । नेपालले १४ महिना अन्तर्राष्ट्रिय खेल खेल्न पाएन ।

‘यो १४ महिनाको अवधिमा हामीले धेरै आशा गरेका थियौ कि धेरै एकदिवसीय खेल खेल्ने छौ । त्यो गुमायौ ।’ कप्तान मल्लले भने, ‘तर, अब कोरोनाका बाबजुद पनि हामीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा सबै खेलाडी खुशी छौ ।’

सिरिजका लागि तयारी राम्रो भएको उनले सुनाए ।

नयाँ प्रशिक्षकको निगरानीमा रहेर प्रशिक्षण गर्दा तयारी राम्रो रहेको मल्लको भनाई छ ।

सबै खेलाडीले घरेलु प्रतियोगितामा राम्रो गरेकाले सकारात्मक नतिजाको अपेक्षा गरेको उनले बताए ।


‘हाम्रो राम्रो पक्ष भनेको टोलीमा रहेको सबै जसो खेलाडीली घरेलु प्रतियोगिता खेलिरहेका पनि थिए । उनीहरुले घरेलु प्रतियोगितामा राम्रो गरेका पनि थिए ।’ उनले भने, ‘उहाँहरु जसरी तयारी गरिरहनु भएको छ । त्यो सबैका लागि राम्रो हो । उनीहरुलाई यस्तो अवसर र स्थान आवश्यक छ ।’

उनले नेपाली खेलाडीको ब्यटिङ सुधारका लागि राम्रा तथा अन्तर्राष्ट्रिय बलरसँग धेरै भन्दा धेरै प्रतियोगिता खेल्न आवश्यक रहेको बताए ।

‘अन्तर्राष्ट्रिय बलरहरुसँग जति खेल्ने अवसर पायौ, त्यतिनै हाम्रो ब्याटिङमा सुधार हुँदै जाने हो । त्यसमा चाँही हामी चुक्छौ । एकै चोटी ठुलो स्थानमा गएर प्रदर्शन गर्दा पक्कै पनि हाम्रो ब्याटिङ लाइन चुक्छ । हामी क्षमता हुँदा हुँदै पनि गर्न सकिरहेका छैनौ । त्यसैले यस्तो खालको प्रतियोगिता गर्न आवश्यकछ ।’ मल्लले भने ।

पछिल्लो समय घरेलु मैदानमा आयोजना भएका एकदिवसीय क्रिकेटले खेलाडीको ब्याटिङमा सुधार देखाएको छ । पीएम कप र मेयस कपमा नेपाली ब्याट्सम्यानले सुधारिएको ब्याटिङ प्रस्तुत गरेका थिए ।

‘पछिल्लो समय एकदिवसीय क्रिकेटमा धेरैको ब्याटिङमा सुधार देखाएको छ । घरेलु प्रतियोगितामा ब्याट्सम्यानले २ सय ५० रन बनाएर पनि खेल सुरक्षित छैन । त्यो रन चेज गरिरहेका छन् । हामी यसलाई पनि एक सकरात्मक रुपमा लिन सक्छौ ।’ उनले भने ।

उनले थपे, ‘कोरोनाका कारण अझै भनेको जस्तो भइरहेको छैन । यो तीन महिनामा पनि हामी अझै सबै विषयलाई समेटेर लैजान सकिरहेका छैनौ । अब यसलाई हामीले कोरोनापछिको पहिलो खुट्किलोको रुपमा लिनु पर्छ । हामीले राम्रो प्रशिक्षक पनि पाएका छौ । व्यवस्थापक पनि सकरात्मक पक्षमा गारिरहेका छन् । यसलाई नै निरन्तरता दिने हो भने नेपाली क्रिकेट पहिले भन्दा राम्रो हुन्छ ।’

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP