एजेन्सी । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले 'विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड' अवार्ड जितेका छन् ।
विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा स्टोक्सले उक्त अवार्ड पाएका हुन् ।
स्टोक्सले लगातार दोस्रो पटक यस अवार्ड पाएका हुन् ।
सन् २००४ पछि लगातार दुई पटक यस अवार्ड पाउने उनी पहिलो खेलाडी हुन् ।
२९ वर्षीय स्टोक्सले २०२० मा ६ सय ४१ टेस्ट रन जोड्नुका साथै १९ विकेट लिएका थिए ।
महिलातर्फको यस अवार्ड अष्ट्रेलियाकी बेथ मनिले जितेकी छिन् ।
यस्तै ज्याक क्रली, जासन होल्डर, मोहमद रिजवान, डोमिनिक सिब्ली र डरेन स्टिभिन्सले क्रिकेटर अफ दि इयरको उपाधि पाएका छन् ।
वेस्ट इन्डिजका केइरन पोलार्डले टी-ट्वान्टीतर्फको 'विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड' अवार्ड जितेका छन् ।
विस्डेन अलम्यानाकलाई क्रिकेटको बाइबल मानिन्छ । र, यस पुस्तकको कभरमा आफुलाई उभ्याउन क्रिकेट खेलाडीहरुको सपना हुने गर्छ ।
विस्डेन अलम्यानाकले हरेक वर्ष क्रिकेट अवार्ड प्रदान गर्ने गर्छ ।